आज ३ बजे विश्वासको मत लिदैं मुख्यमन्त्री पाण्डे, पाउलान त ?
पाेखरा | जेठ २८, २०८१
पोखरा: गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज दिउँसो ३ बजे प्रदेश सभा बैठकमार्फत विश्वासको मत लिँदैछन् ।
उनले आफुलाई विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेसपा र स्वतन्त्र सांसद राजीव गुरुङलाई पत्र लेखेका छन् ।
यद्यपी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र माओवादी केन्द्र सकरात्मक देखिएको छैन । तर राप्रपाले भने कांग्रेको हकमा लचिलो बन्ने बताउदै आएको छ । स्वतन्त्र सांसदको हैसियतमा रहेका राजीव गुरुङले पनि बहुमत पुर्याउन सकेको खण्डमा दिन सक्ने अभिव्यक्ति दिदैं आएका छन् ।
संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई बहुमत पुर्याउन ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।
यद्यपि उनले बहुमत जुटाउन नसक्ने प्रमुख प्रतिपक्ष दल एमाले र माओवादी केन्द्रको दाबी छ ।
६० सदस्ययीय प्रदेशसभामा अहिले कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र एक स्वतन्त्र सांसदको हैसियतमा राजीव गरुङ छन् ।
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थ...
काठमाडौँ । मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...
पोखरा । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

